- पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो ।
काठमाडौं : काठमाडौंकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ ।
पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो ।
वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास भने काठमाडौं अझैपनि प्रदूषण सहरको नम्बर एकमा नै झर्ने जोखिम रहेको बताउँछन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भएतापनि अब टेम्पे्रचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताएका हुन् ।
उनले भने,‘अहिले एक्युआईमा हेर्ने हो भने काठमाडौं ३० नम्बरमा छ । पानी पर्यो । हावाहुरी लाग्यो । त्यसकारण पनि सुधार भएको छ । तर फेरी प्रदुषण बढ्ने सम्भावना छ । अब झन मौसम सुख्खा हुन्छ । अब पानी पर्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यो गढबढ भइरहन्छ । यो अप्रिल महिनाभर चाँही एक नम्बरमा झर्ने सम्भावना रहि नै रहन्छ ।’
त्यस्तै उनले वायु प्रदुषण कम गर्ने की नगर्ने भन्ने कुरा मानव क्रियाकलापमा पनि निर्भर रहने बताए ।
उनले भने,‘वन डढेलाहरु धेरै मानवहरुको गल्तीले पनि हुने गर्छ । यसले गर्दा प्रदूषण बढ्ने । त्यसैले घटाउने कि बढाउने मानव क्रियाकलापमा पनि निर्भर रहने कुरा हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’